सुनको मूल्य बढ्यो, चाँदी स्थिर

Apr 29, 2025 10:38 AM Merolagani



बैशाख १६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदी सोमबारको बजारको मूल्यमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।