अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३ करोड २६ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ९२ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ४९ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मूल्यांकन अघि ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.५५ प्रतिशतले मात्रै बढी हो।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४२ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ, जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात ९७.३० गुणा रहेको छ।
कुल ९ लाख ४५ हजार १९७ वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले १२ अर्ब ५४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
इन्स्योरेन्सले २४ हजार ८८८ वटा दाबी बापत ४ अर्ब १२ करोड रुपैयाँ भुक्तानी गरेको छ भने ७२ करोड २ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।
![](https://images.merolagani.com/Uploads/Repository/637647143354310908.png)