अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क बढेपनि नाफा भने २१.४८ प्रतिशतले घटेर १३ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।
कम्पनीकाे प्रतिशेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएकाे र सर्वसाधारण शेयर वापतकाे रकम असार मसान्तकाे दिन बुक गर्दा प्रतिशेयर आम्दानी कम देखिएकाे कम्पनीले जनाएकाे छ।
यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ६५ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी ८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ।
आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा ४६ हजार ६९७ वटा बीमालेख जारी गरि ६ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीले ५०२ वटा दाबी वापत १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ दाबी वापत २५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकि छ।
![](https://images.merolagani.com/Uploads/Repository/637647226941698490.png)