चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९४ प्रतिशत बढेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ३.११ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.९४ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५९ रुपैयाँ १ पैसा घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७० प्रतिशत बढेको छ भने जगेडा कोष १२.६७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६.०६ प्रतिशत घटेको छ भने निक्षेप १६.५८ प्रतिशत र कर्जा १२.३१ प्रतिशत बढेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638037562771092285.png)