चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४५.८९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। निष्क्रिय कर्जा २.३१ प्रतिशतविन्दु बढेर ५.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेको छ भने जगेडा कोष ८.८८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी ४.९२ प्रतिशत बढेको छ भने निक्षेप ४.१० प्रतिशत र कर्जा ५.०५ प्रतिशत बढेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638040007704434135.png)