चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४.८५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४३.१३ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा ३.०१ प्रतिशतविन्दु बढेर ३.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ७५ पैसा घटेर ३४ रुपैयाँ २९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ।
असोज मसान्तसम्ममा १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कर्जा १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638040132489279092.png)