यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।