लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा

Nov 18, 2022 09:22 AM Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले मंसिर २५ गते ३६ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा आर्मी अफिसर्सक्लब, भद्रकाली, काठमाडौँमा दिनको १ बजे शुरु हुनेछ।

सभाले कर सहित १६.५१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षण नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।