यी दुबै लघुवित्तले चैत १० गते सभा बोलाएका हुन्। साना किसानको २१ औँ वार्षिक साधारण सभा कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ भने आएमडीसीको २४ औँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
यी दुबै लघुवित्तको सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै, साना किसानको सभाले चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, आरएमडीसी (RMDC) को सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साना किसान लघुवित्तले फागुन २८ गते बुकक्लोज गर्नेछ भने आरएमडीसी लघुवित्तले चैत १ गतेदेखि १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम साना किसानका शेयरधनी र फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम आरएमडीसी लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।