लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा

Mar 03, 2023 10:05 AM Merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले चैत १४ गते आफ्नो केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश संशोधन, कति दिने भयो बोनस?

Mar 05, 2023 10:29 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।